क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी विश्वप फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ फुटबलर हुनुहुन्छ । मेसी ३५ वर्ष पुगिसक्नुभयो । रोनाल्डो अझ मेसीभन्दा दुई वर्ष जेठा हुनुहुन्छ । चार वर्षपछि मेसी ३९ र रोनाल्डो ४१ वर्ष पुग्नुहुनेछ । यी दुई स्ट्राइकले अर्को विश्वकप खेले भने त्यो चमत्कार नै हुनेछ । यी दुवैले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा खेल्ने सम्भावना क्षीण छ ।

यी दुई फुटबलरले पछिल्ला १५ वर्ष विश्व फुटबलमा राज गरेका छन् । अझ रोनाल्डो र मेसीको प्रतिद्वन्द्विताले फृटबलको उचाइ माथि पुग्यो । यी दुईले मिलेर पछिल्ला १५ वर्षमा विश्वका सर्वश्रेष्ठ फुटबरलाई दिइने बालन डी ओर १२ पटक जितेका छन् । यस अवधिमा यी दुईको कुल च्याम्पियन्स लिगको उपाधि गणना गर्ने हो भने नौ हुन आउँछ ।

विश्वकैै महान् फुटबलरको सूचीमा परिसकेका यी दुई खेलाडी फुटबल जीवनको उत्तराद्र्धमा रहेको समयमा यिनका उत्तराधिकारीको खोजी हुन सुरु भइसकेको छ । कतार विश्वकप महान् फुटबलर चम्किने ठूलो मञ्च हो । त्यसैले पनि रोनाल्डो र मेसीको लोकप्रियताको नजिक पुग्ने खेलाडीको चर्चा पनि कतार विश्वकपमा भइरहेको छ ।

यस सूचीमा फ्रान्सका किलियन एमबापेको नाम सबभन्दा अगाडि आउँछ । २३ वर्षीय एमबापेले क्वाटरफाइनलअघि नै कतार विश्वकपमा ठूलो प्रभाव पारिसक्नुभएको छ । विश्व फुटबलका राजकुमारको उपमा पाएका एमबापेले चार खेलमा पाँच गोल गर्नुका साथै दुई एसिस्ट पनि गर्नुभएको छ । हालका लागि उहाँ गोल्डेन बुटका प्रमुख दाबेदार हुनुहुन्छ तर फ्रान्सका अर्का स्ट्राइकर ओलिभर जिरु भन्नुहुन्छ, “विश्वले किलियनको उत्कृष्ट प्रदर्शन अझ पनि देखेको छैन । उनी निकै प्रतिभाशाली छन् र अहिले युवा नै छन् । उनको खेलमा अझै सुधार आउनेछस जुन विश्वका अन्य टिमका लागि ठूलो खतरा हो ।”

एमबापेले अहिलेसम्म बालन डी ओर र च्याम्पियन्स लिग भने जित्नुभएको छैन । तर एमबापेले १९ वर्षको उमेरमै विश्वकपको उपाधि जितिसक्नुभएको छ । चार वर्षअघि पनि उहाँले चार गोल गरेर फ्रान्स च्याम्पियन बन्नुमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियोस जुन गौरव मेसी र रोनाल्डोले पनि हासिल गर्न सक्नुभएको छैन । अझ यस पटक एमबापे लगातार दोस्रो पटक विश्वविजेता बनेमा आश्चर्य हुनेछैन । एमबापेले अझ पनि दुई अथवा तीन विश्वकप खेल्ने अपेक्षा गरिएको छ । अहिले नै विश्वकपमा नौ गोल गरिसकेका एमबापेलाई विश्वकपमा सर्वाधिक गोकलर्ताको कीर्तिमान तोड्ने खेलाडीका रूपमा पनि हेरिएको छ । यो कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोज ९१६ गोल०को नाममा छ ।

तेज गति र अद्भुत फुटवर्क अनि गोल गर्ने खुबीका कारण एमबापेलाई रोनाल्डो र मेसीको स्तरमा पुग्ने अपेक्षा गरिएको छ । अहिले एमबापेको स्तरलाई चुनौती दिने अन्य खेलाडी देखिएका छैनन्स जुन एमबापेका लागि पनि हानिकारक हुनसक्छ । रोनाल्डो र मेसीले एकअर्काको प्रतिद्वन्द्विताले नै अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको प्रमाण विश्वसँग छ ।

एमबापेलाई चुनौती दिनसक्ने खेलाडीका रूपमा हाल म्यान्चेस्टर सिटीका गोलमेसिन इर्लिङ हाल्यान्ड रहनुभएको छ तर उहाँको टिम नर्वे यस पटक विश्वकपमा पनि चयन हुन सकेन । विश्वकप नभए पनि युरोपेली ट्रफी र गोल गर्ने पक्षमा हाल्यान्ड र एमबापेको प्रतिद्वन्द्विता हेर्नलायक हुनेछ ।

यस विश्वकपमा इङ्ग्ल्यान्डका १९ वर्षीय युड बेलिङ्घम स्टार खेलाडीका रूपमा चम्किनुभएको छ । उहाँको शानदार प्रदर्शनमा इङ्ग्ल्यान्ड कतार विश्वकपको अन्तिम आठमा पनि पुगिसकेको छ । अब क्वाटरफाइनलमा बेलिङ्घम र एमबापे एकअर्काको आमनेसामने खडा हुनुहुनेछ । नेदरल्यान्ड्सका फरवार्ड कोडी गाप्को पनि यस विश्वकपमा चम्किएका अर्का युवा खेलाडी हुनुहुन्छ । विश्वकपमा शानदार प्रदर्शनपछि उहाँलाई म्यान्चेस्टर युनाइटेडले आफ्नो टिममा भिœयाउने हल्ला चलिसकेको छ तर अहिले पीएसभी आइन्डहोभनबाट खेलिरहेका गाक्पोले ‘इलाइट’ खेलाडीको सूचीमा पर्न धेरै मेहनत गर्नुपर्नेछ । यद्यपि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुुुहुन्छ, “कोडीसँग सुपरस्टार खेलाडी बन्ने क्षमता छ ।”

पोर्चुगलका योआवा फेलिक्सलाई पनि केही वर्षअघि रोनाल्डो र मेसीको स्थान लिन सक्ने खेलाडी मानिएको थियो । तर, एट्लेटिको म्याड्रिडमा आएपछि उहाँले आफ्नो क्षमताअनुसार खेल्न सक्नुभएन । पोर्चुगलबाट खेल्दा पनि उहाँ रोनाल्डोको छायामा पर्नुभयो ।

२२ वर्षीय भिन्सियस जुनियरलाई भने ब्राजिल मात्र होइन, विश्वकै अर्को आइकन बन्ने खेलाडीका रूपमा हेरिएको छ । रियल म्याड्रिडका जुनियरले अहिले विश्वकपमा आफूलाई साबित पनि गरिरहनुभएको छ । यसैगरी अर्जेन्टिनाका जुलियन अल्भारेज, जर्मनीका जमान मुसियला, स्पेनका गाभी र पेड्री पनि भविष्यका सुपरस्टार बन्न सक्नुहुनेछ । यी सबै खेलाडी मैदानमा पार्ने प्रभाव र स्टार अपिलमा एमबापेको नजिक भने छैनन् । एपी

सोमवार, २६ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !