कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलदेखि म्याच बल परिवर्तन हुने भएको छ ।

समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग हुने छैन । फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् । अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो ।

यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि ‘कनेक्टेड बल टेक्नोलोजी’को प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुगेको एडिडासले जनाएको छ । यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरभुमीको प्रारूप दिन्छ । यस्तै फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ ।

यसपटक अल रिहलाको प्रयोगमार्फत ‘अर्ध स्वचालित अफसाइड प्रविधि’ को नयाँ प्रयोग पनि गरीएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ ।

सोमवार, २६ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !