अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो परेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे भने एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

उता, नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसेल स्टेडियममा भएको खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको ३५ औं मिनेटमा नाहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अवस्थामा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपाएको स्थानमा मैदान छिरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा