Trending
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्स्टीन अन्तर्गत अन्तिम दुई खेल हुदैछन् ।
आज राती पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा मोरक्को र स्पेनबीचको खेल सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन ।
अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्ने छन् । यी दुई टिमबीचको खेल लुसिल स्टेडियममा राती पौने १ बजे शुरु हुने छ ।
पोर्चुगल समूह ’एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।