लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हिजो सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो । च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो । लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले अविजित ३९, दीपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन जोडे । लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेश २९.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ र नर सार्कीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि मिलनले पाँच, हेमन्त धामी र नरेन साउदले समान दुई तथा आकाश चन्दले एक विकेट लिए ।

यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूपश्चिमसँग १ सय रनले पराजित भएको थियो । सँगै सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदलासमेत लिएको छ । प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त ग¥यो ।

मङ्लबार, २० मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान