फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

साविक विजेता फ्रान्सले राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए ।

उनले केलियन एम्बाप्पेको पासमा सहज गोल गरे । पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । जेरुडले फ्रान्सका लागि ५२ औं गोल गरेका हुन । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान पनि तोडेका छन् । खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३–१ ले विजयी भयो । फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । हिजै राती भएको अर्को खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड पनि क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । अब इंग्ल्यान्ड र फ्रान्स दुवै टीमको भेट भने क्वाटरफाइनलमै हुने छ । बिश्वकप फुटबल अन्तर्गत आज पनि दुई खेल हुनेछन । राती पौने ९ बजे जापान र क्रोसिया तथा राती पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच भिडन्त हुने छ ।

सोमवार, १९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे