अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । डिफेन्डिङ च्याम्पिपयन लुम्बिनीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले यो उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

 

लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए । उनलाई दीपक बोहोराले २५ रन बनाएर राम्रो साथ दिए । लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङले एक विकेट लिए ।

यसअघि मिलन बोहराको घातक बलिङसामु लुम्बिनी २९।१ ओभरमा ९२ रनमा अलआउट भएको थियो । बोहराले १५ रन खर्चेर ५ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ तथा नर सार्कीले ११ रन बनाए ।

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको थियो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो । लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।

 

 

सोमवार, १९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान