नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले (आइतबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १ :४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ । शुक्रबार नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको थियो ।

नामिबियासँग एक अङ्क बाँडेको नेपाल आइतबारको खेलमा स्पष्ट जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । पहिलो खेलमा नामिबियालाई नेपालले एक सय ९८ रनको विजय लक्ष्य दिएको थियो ।

तर, नामिबियाले लक्ष्य पछ्याउने क्रममा चार बल खेल्दा पानी परेपछि खेल रोकिएको थियो । स्कटल्यान्ड नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

नेपाल र स्कटल्यान्डबीच यसअघि एकदिवसीयमा दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्न लागेका हुन् ।

पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २१ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । २९ खेल सकेको स्कटल्यान्ड ४२ अङ्क सहित दोस्रो स्थानमा छ ।

हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

आइतवार, १८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !