कतारमा जारी २२औं फिफा विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै विश्वकपमा नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

 

अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । इङ्ग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण कोरिया र पोर्चुगलले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछन् । आजै ९शनिबार० राति ८स्४५ बजे नेदरल्यान्ड्स र अमेरिका तथा राति १२स्४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस समूहबाट इक्वेडर र आयोजक कतार बाहिरिए । समूह ‘बी’बाट इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दा इरान र वेल्स बाहिरिन बाध्य भए । समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता बन्दै अगाडि बढ्यो । साउदी अरब र मेक्सिको बाहिरिए ।

 

यसैगरी समूह ‘डी’ बाट साबिक विजेता फ्रान्स शीर्षस्थानमा रह्यो । अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ट्युनिसिया र डेनमार्क घर फर्किए । समूह ‘ई’ बाट जापान विजेता र स्पेनले उपविजेताको रूपमा अन्तिम १६ मा स्थान बनाए । चार पटकको विजेता जर्मनी र कोस्टारिका समूहचरणबाटै बाहिरिए ।

समूह ‘एफ’बाट मा मोरोक्को विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । बेल्जियम र क्यानाडा बाहिरिए । समूह ‘जी’बाट विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्यो । क्यामरुन र सर्बिया बाहिरिए । यस्तै समूह ‘एच’बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा पुग्दा उरुग्वे र घाना घर फर्कन बाध्य भए ।

एसियाबाट तीन देशको छलाङ

कतार विश्वकपको नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्दा एसियाली देशबाट तीन टोलीले छलाङ मारेका छन् । एसियाबाट यसपटक जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले नकआउट चरणमा स्थान बनाए ।

एसिया महादेशमै दोस्रो पटक आयोजना भएको फिफा विश्वकपमा एसियाबाट ६ टोलीले भाग लिएका थिए । कतारले आयोजक देशको हिसाबले सहभागिताको मौका पाएको थियो । यसअघि एसियाली देश जापान र कोरियाले सन् २००२ को विश्वकप संयुक्त रूपमा आयोजना गरेका थिए ।

 

तर, आयोजक कतारका लागि नजिताको हिसाबले विश्वकप सफल भएन । अनुभवी टोली इरान र साउदी अरबले पनि समूह चरण पार गर्न सकेनन् । विश्वकपमा एसियाबाट ६ टोली सहभागी भएको यो पहिलो पटक हो । यस्तै एउटै संस्करणमा तीन टोली नकआउट चरणमा पुगेको पनि पहिलो पटक हो ।

शुक्रबार राति समूहको अन्तिम खेलमा बलियो पोर्चुगललाई २(१ गोलले हराउँदै दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएको हो । कोरियाले इन्जुरी समयमा निर्णायक गोल गर्दै आफूलाई अब्बल साबित गरेको थियो । एजेन्सी

शनिबार, १७ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान