नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ ।

खेलअघि मंगलबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले राम्रो खेल प्रदर्शन गर्ने दाबी गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताए । छोटो समयको बाबजुत राम्रो टिम बनाएको भन्दै तयारी राम्रो भएको उनले बताए ।

त्यस्तै नेपालका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्दी भएपछि जित निकाल्नेमा सबै खेलाडी उच्च मनोबलका साथ मैदान उत्रने दाबी गरे ।

प्री म्याच कन्फ्रेन्समा पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले तयारी राम्रो रहेकाले राम्रो नजिता निस्कनेमा आशावादी रहेको बताए । पाकिस्ताका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको धारणा राखे । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ । हालसम्म नेपाल र पाकिस्तानबीच १३ वटा मैत्रीपूर्ण खेल भएको छ ।

फिफा वरियतामा नेपाल १ सय ७५ स्थानमा र पाकिस्तान १ सय ९४ औं स्थानमा रहेको छ ।

बुधबार, ३० कार्तिक, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान