Trending
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।
फिफाले एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।
फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।
फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन् ।
भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ ।