आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार (आज) घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ। नामिबियासँग दुबै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने पहिलो खेलमा जित निकाल्दै २ अंक हात पारेको थियो।

स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५ मा सुरु हुने छ। प्रतियोगितामा नेपाल घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्यको प्रयासमा हुने स्कटल्याण्डविरुद्ध लगातार दोस्रो जित निकाल्न सके अंक तालिकामा नेपालले केहि सुधार गर्ने छ।

पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारपछि स्वभाविक रुपमा सचेत भएर मैदानमा उत्रिने छ। स्कटल्यान्ड पहिलो खेलमा भोगेको हारपछि संयमित भएर मैदानमा उत्रिंदै जित निकाल्ने लक्ष्यमा रहने छ।

सिरिज अन्तर्गत नेपाल नामिबियासँग भने दुबै खेलमा हार भोग्न बाध्य भयो। पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले नेपाल पराजित हुन पुगेको थियो। नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ।

आइतवार, १ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा