नेपालका उज्जवल ठकुरीले कराँते प्रतियोगितामा कास्य पदक जितेकाछन् । अमेरिकामा बस्दै आएका उन्ले ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड (बिश्वकीर्तिमान ) कायम गरेकाछन् ।

कराते खेलाडी ठकुरीले कराते बिश्व प्रतियोगितामा (च्याम्पियन) कास्य पदकसमेत यस पटक जितेकाछन् । उनले सिंगो अमेरिककाको प्रतिनिधित्व गर्दै उक्त पदक हात पार्न सफल भएका हुन् ।

अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको बिश्व कराते प्रतियोगितामा उनि लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त(कुमिते)मा तेश्रो स्थान हासिल गरेका छन् । अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनशिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्नको लागि अमेरिकाको दुई वटा राष्ट्रिय कराते संघ मत्र छनौटमा परेका थिए ।

ठकुरीले युएसएकेएफएद्वारा (युनाइटेड स्टेट अफ अमेरिका कराते फेडेरेसन )खेलेका हुन् । एएयु र युएसएकेएफ दुई राष्ट्रिय संघ हुन् जसले अन्तर्राष्ट्रिय खेलाडी छनौट गर्ने अधिकार पाउँछ । ठकुरीले युएसएकेएफबाट अमेरिका देशको लागि बिश्व च्याम्पियन खेल खेल्न अनुमति पाए । कराते खेलाडी ठकुरी दुई खेलमा छनौट भएका थिए ।

९ पटक बिश्व किर्तिमान ठकुरीसंग अमेरिकाबाट २ पटक बिश्व च्याम्पियन खेलाडी क्रिस विल्क्स तथा हिसाओ ओसाको एकै टोलिमा थिए । खेल प्रतियोगतामा ३ खेलाडीहरुले कास्य पदक पाएका थिए । यो खेलमा १ हजार ९ सय खेलाडीहरु सहभागि थिए भने ३४ राष्ट्रको सहभागिता थियो । डब्लुयुकेएस कराते बिश्व प्रतियोगिता प्रत्येक दुई बर्षमा हुनेगर्छ ।

ठकुरी ९ पटक बिश्व किर्तिमानी मात्र नभएर बिश्व प्रतियोगता खेलमा कास्य पदक हात पारि बिश्व बिजेता पनि बन्न सफल खेलाडी भएका छन् । नेपालले भाग लिन नसके पनि उन्ले अमेरिकाको तर्फबाट खेले पनि नेपालले पनि जितेक सरह भएको छ ।

शनिबार, २५ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !