काठमाडौँ – पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

पिएनजीविरुद्ध नेपाली युवा ब्याटर देव खनालले डेब्यु गरेका छन् । उनलाई कप्तान सन्दीप लामिछानेले डेब्यु क्याप दिए । यु–१९ क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि देवले सिनियर टोलीमा पनि स्थान बनाउन सफल भएका हुन् ।

युएईमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पिएनजी नेपाल आएको हो । उक्त सिरिजको दुवै खेलमा नेपालले खेलमा पिएनजीलाई हराएको थियो । नेपाल पहिलो खेलमा २ तथा दोस्रो खेलमा ७ विकेटले विजयी थियो । जारी एकदिवसीय सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।

नेपालको प्लेईङ ११ मा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह ९विकेटकिपर०, सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ रहेका छन् ।

अनिल शाहले यसै खेलमार्फत ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

शुक्रबार, ११ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !