काठमाडौँ – एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ । नेपाली फुटबल टोलीलाई एन्फाले आईतबार नै बिदाइ गरेको थियो । टोली मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ ।

नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एएफसी छनोटमा नेपाल समूह ए मा रहेको छ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दुई टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

सोमवार, ७ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !