काठमाडौँ – अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो ।

इडेन पार्कमा भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियालाई जित दिलाउन मेग लानिङले ९७ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय पारी खेल्दा राचिल हेयनेसले ४३ रन जोडिन् ।

बलिङतर्फ भारतका लागि पूजा भाष्ट्रकरले दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

जितसँगै अष्ट्रेलियाले ५ खेलमा १० अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित भारत ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ ।

शनिबार, ५ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !