काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ को युएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोली युएईसँग ४८ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पाछ्याएको नेपालले ३५।१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

यस प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि युएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी–२० विश्वकप यात्रा टुंगिएको थियो ।

जितसँगै युएईले १६ खेलबाट २० अंक जोडेको छ । युएई अंक तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । नेपालले १० खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा छ । नेपालभन्दा तल पीएनजीमात्र छ । पीएनजी अंकबिहीन छ । नेपालले बुधबार पीएनजीलाई दुई विकेटले हराएको थियो ।

शुक्रबार, ४ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !