Trending
काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले युएईविरूद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।
सिरिजमा नेपाल र युएई दुवैले यसअघि पपुवा न्युगिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।
नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।