Trending
काठमाडौँ – साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जम्सेदपुरमा सुरु हुँदैछ । साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।
मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रतियोगितामा आयोजक भारत, नेपाल र बंगलादेशले भाग लिएका छन् । नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ।