Trending
संखुवासभा–भोटखोला गाउँपालिका गाउँ स्तरिय ल्होसार फुटसल कप २०७८ प्रतियोगिताको उपाधि आयोजक टिम नेकपा एकीकृत समाजवादी भोटखोला सम्पर्क मञ्च (ए) ले हात पारेको छ ।
नेकपा एकीकृत समाजवादी भोटखोला–काठमाडौ सम्पर्क मञ्चले तीन दिनसम्म आयोजना गरेको खेलमा २१ पुरुष र २ महिला टिम गरी २३ टिमको सहभागिता थियो ।
दोस्रो स्थान संघर्सिल युवा क्लब भोटखोला –४ स्याक्सीला, तेस्रो स्थान च्यामताङ गाउँ र चौथो स्थान फारङ दाङकोक गाउँले जितेका छन् ।

बेस्ट किपर बिजेता टिमका गुरु जेनजेन भोटेले जितेका छन् । बेस्ट खेलाडीको उपाधि संघर्सिल युवा क्लबका वाङ छिरिङ भोटेले प्राप्त गरेका छन् । त्यसै गरी खेल अबधिमा सर्वाधिक गोलकर्ता फारङ दाङ्कोक गाउँको पेम्बा छिरिङ भोटे भएका छन् ।
शान्ति र सद्भावकालागि युवा एकता,बिकृति, बिसंगति बिरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता नारासहित सञ्चालित खेल एकीकृत समाजवादीका युवा नेता मिथुन चाङ्बा भोटेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री भवानी खापुङले पद्क र पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले फुटसल प्रतियोगिताले युवा खेलाडीहरुलाई उर्जा दिएको भन्दै स्वास्थ्यको लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।
फुटसल प्रतियोगिता सम्पन्न गर्न युवा नेता मिथुन चाङ्वा भोटेको भूमिका महत्वपूण रहेको बताईएको छ ।