मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल जितेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार सोही देशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

काठमाडौंस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्वघोषित टोलीबाट दुई जना खेलाडी परिवर्तन गरेका छन् । उनले डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङलाई टोलीमा स्थान दिएका छन् ।

पहिलो खेलमा दर्शनको नाम भए पनि सामान्य चोटका कारण उनको स्थानमा प्रशान्त अवस्थी पहिलो खेल बेन्चमा रहेका थिए । दोस्रो खेलमा दर्शन ठिक भएपछि प्रशान्त टोलीमा छैनन् । त्यस्तै चोटका कारण संघर्ष गरिरहेका डिफेन्डर अनन्तको स्थानमा मनिष डाँगी टोलीमा समेटिएका छन् । मनिषले पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

अनन्तको अनुपस्थितिसँगै दोस्रो खेलमा दीनेश राजवंशी र देवेन्द्र तामाङको जोडीले नै सेन्टर डिफेन्स सम्हाल्ने पक्का छ । उनीहरुलाई सुमन अर्याल र गौतम श्रेष्ठले साइड डिफेन्सबाट सहयोग गर्नेछन् । नविन गुरुङ पनि डेब्युको आशासहित टोलीमा समेटिएका छन् ।

 

मङ्लबार, १८ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !