एजेन्सी/ रोवर्ट लेवान्डोस्कीले उत्कृष्ट फिफा पुरूष वर्ष खेलाडी २०२१ को अवार्ड जितेका छन्।

३३ वर्षीय लेवान्डोस्कीले लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेसीलाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेका हुन्।

लेवानडोस्कीको २०२१ वर्ष निकै उत्कृष्ट रहेको थियो। उनले बायर्न म्युनिखलाई बुन्डेसलिगा, डीएफएल-सुपरकप, युइएफए सुपरकप र क्लब विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

वायर्न म्युनिकका स्ट्राइकरसमेत रहेका पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए। उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए। उनले गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्ष बनाएको ४९ वर्ष पुरानो कीर्तिमानसमेत भंग गरेका थिए।

लगातार दुई वर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २९२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन् ।

यस्तै फिफाको उत्कृष्ट पुरुष खेलाडी रोबर्ट लेवानडोस्की (बायर्न म्युनिख), फिफाको उत्कृष्ट महिला खेलाडी-एलेक्सिया पुटेलास (बार्सिलोना), फिफा फ्यान अवार्ड डेनमार्क र फिनल्याण्डका फ्यानहरू, फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक–थोमस टुचेल (चेल्सी), फिफा उत्कृष्ट महिला प्रशिक्षक-एम्मा हेस, फिफा फेयर प्ले अवार्ड-डेनमार्क राष्ट्रिय टोली र कर्मचारी, पुस्कास अवार्ड-एरिक लामेला (सेभिल्ला), उत्कृष्ट फिफा पुरुष गोलकिपर-एडवर्ड मेन्डी (चेल्सी), फिफाको सर्वोत्कृष्ट महिला गोलकिपर–क्रिस्टियन एन्डलर, फिफा बेस्ट स्पेशल अवार्ड-क्रिस्टीन सिन्क्लेयर, फिफा बेस्ट स्पेशल अवार्ड-क्रिस्टियानो रोनाल्डो (म्यान्चेस्टर युनाइटेड)ले प्राप्त गरेका छन ।

मङ्लबार, ४ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !