माल्दिभ्समा जारी साफ च्याम्पियनशीप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ ।

आजको खेलमा बराबरी वा जितको नतिजाले पनि नेपालले फाइनलमा स्थान बनाउने छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाइृ इतिहास रच्ने मौका र विश्वास रहेको बताउनु भएको छ ।

अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा समेत नपुगेको नेपाललाइ आज उपाधि नजिक पुग्ने अवसर रहेकोछ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म साफ च्याम्पियनशीपमा सातपटक आमनेसामने भएको छ । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

पछिल्लो त्रिकोणात्मक खेलमा भने नेपालले बंगलादेशलाई हराउँदै उपाधी आफ्नो कब्जामा पारेको थियो । नेपालले सुरुआती दुई खेलमा लगातार माल्दिभ्सलाई १९० ले र श्रीलंकालाई ३९२ ले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने नेपाल भारतसँग १९० ले पराजित भएको थियो । आजै भारतले माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बुधबार, २७ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !