माल्दिभ्सको राजधानी मालेमा आजबाट दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता सुरू हुँदै छ। १३ औं संस्करणको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ।

माले स्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ। यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।

पाकिस्तान फिफाको प्रतिबन्धका कारण सहभागि हुने छैन भने भुटानले कोरोनाको कारण देखाउँदै टीम नपठाउने जनाएको छ। लिगका आधारमा हुने खेलमा पाँचै टोलीले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० असोजमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुने कार्यतालिका रहेको छ। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक च्याम्पियन माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरू हुने छ।​

शुक्रबार, १५ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !