नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ।

दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका छिरिङ वाङ्दी शेर्पाले पदक पक्का गरेका छन्।

कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङले तीनवटै राउण्डमा उत्कृष्ट खेल देखाउँदै ५–० ले जित हात पारेका हुन्।

अब छिरिङले सेमिफाइनलमा काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन्।

नेपालका सहभागी ६ जना सहभागी मुक्केबाजहरु मध्ये हालसम्म ३ कास्य पक्का गरिसकेका छन्।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार इरानका खेलाडीसँग पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी भएका थिए। तर उनी ‍दोस्रो र तेस्रो राउण्डमा पराजित भए।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए।

सोमवार, ७ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा