एजेन्सी । युइएफए वर्ष खेलाडीको शीर्ष तीनमा केभिन डि ब्रुएन, एङ्गोलो कान्टे र जर्गिन्हो परेका छन् । युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो ।

कान्टे र जर्गिन्हो इंग्लिस क्लब चेल्सीका मिडफिल्डर हुन भने डि ब्रुएन म्यानचेस्टर सिटी मिडफिल्डर हुन् । गत सिजन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । त्यस्तै यस्तै सिटीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन सफल भएका थिए ।

इटालीका जर्गिन्होले एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जितेका थिए । उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए । कान्टेले चेल्सीबाटै च्याम्पियन्स लिग जितेका थिए ।

चौथो स्थानमा बार्सिलोना (हाल पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी रहँदा पाँचै स्थानमा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डस्की रहे । मेस्सीले १४९ अंक पाए भने लेवान्डस्कीले १४० अंक पाए ।

त्यस्तै ४९ अंकसिहत एसी मिलान ९हाल पीएसजी० तथा इटालीका जियानलुइजी डोन्नररुम्मा छैटौं, ३१ अंकसहित पीएसजी तथा फ्रान्सका केलियन एमबाप्पे सातौ, १८ अंकसहित म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका रहिम स्टर्लिङ आठौ, १६ अंकसहित युभेन्ट्स तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो नवौं र १५ अंकसहित बोरुसिया डर्टमुन्ड तथा नर्वेका एर्लिङ हालान्ड दशौं स्थानमा रहे ।

यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !