दक्षिण एशियाली फुटबल प्रतियोगिता९साफ०को खेल तालिका सार्वजनिकगरिएको छ । प्रतियोगिता अन्तर्गतको पहिलो खेल असोज १५ गते हुनेछ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । राजधानी मालेमा उक्त खेल हुनेछ ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी छ टोली सहभागी हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ९एन्फा०का अनुसार नेपालले दोस्रो खेलमा असोज १७ गते श्रीलङ्काको सामना गर्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा भारतमा सामना गर्नेछ । नेपाल र भारतबीचको स्पर्धा असोज २२ गते हुनेछ । अन्तिम खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । उक्त खेल असोज २४ गते हुनेछ ।

लिग चरणमा उत्कृष्ट हुने दुई टोलीबीच उपाधिका लागि स्पर्धा हुनेछ । साफ च्याम्पियनशीपको उपाधिको खेल असोज २७ गते हुनेछ । साफ च्याम्पियनशीपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्शालामा खेलाइनेछ ।

प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा हाल पोखरामा छ । नेपाल हालसम्म साफ च्याम्पियनशीपको फाइनलसम्म पुगेको छैन ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा