अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेट अगामी अक्टोबर १७ (असोज ३१ गते) देखि सुरु हुने गरी तालिका सार्वजनिक गरेको छ । यूएईमा सुरु हुने प्रतियोगिता कात्र्तिक २८ सम्म चल्नेछ ।

प्रतियोगिताको सुरुवात राउन्ड एक अन्तर्गतको खेलबाट हुनेछ । जसमा आईसीसी टी ट्वान्टी वरीयताको पुछारमा रहेका टोलीले छनोट खेल्नुपर्नेछ । पहिलो दिन उद्घाटन खेलमा ओमानले पपुवान्यूगिनीको सामना गर्नेछ । स्कटल्याण्डले बङ्गलादेशको सामना गर्नेछ ।

प्रतियोगिताको दोस्रो दिन आयरल्याण्ड, नेदरल्याण्ड्स, श्रीलङ्का र नामीबियाले स्पर्धा गर्नेछन् । छनोट खेलहरु अक्टोबर २२ सम्म हुनेछ । दुई समूहबाट दुई दुई टोली छनोट भएर सुपर १२ चरणको पुग्नेछन् ।

२३ अक्टोबरदेखि आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ को खेलहरु सुरु हुनेछ । सुपर १२ को पहिलो खेलमा समूह १ मा रहेको अष्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । साँझ इंग्ल्याण्ड र वेष्टइन्डिजको स्पर्धा हुनेछ ।
पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अष्ट्रेलियाले भने अक्टोबर ३० मा दुबईमा एक अर्का विरुद्ध उत्रिनेछन् ।

समूह २ को पहिलो खेलमा विश्वकप टी ट्वान्टी क्रिकेटकै सबैभन्दा रोमाञ्चक खेल हुने विश्वास गरिएको छ । २४ अक्टोबरका दिन पाकिस्तानले दुबईमा साँझ छ बजे भारतको सामना गर्नेछ । करिब दुई वर्षपछि मात्रै भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको सामना गर्न लागेको हो ।

नोभेम्बर ८ मा समूह चरणको खेल सम्पन्न हुनेछ । पहिलो सेमिफाइनल खेल नोभेम्बर १० मा अबुधाबीमा खेलाइनेछ । दोस्रो सेमिफाइनल खेल दुबईले ११ नोभेम्बरमा आयोजना गर्नेछ । दुबै सेमिफाइनल खेलका लागि रिजर्भ डे राखिएको छ ।

नोभेम्बर १४, आइतबारका दिन दुबईले साँझ छ बजे टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि हुने खेलको आयोजना गर्नेछ । फाइनलका लागि समेत भोलिपल्ट सोमबार आरक्षित दिन राखिएको छ ।

शुक्रबार, ४ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे