Trending
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २९५ सहित देशभर थप ७८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९५ हजार ९७७ जना पुगेको छ ।
७ हजार २३३ पीसीआर परीक्षणमा ६६३ र ४९६२ एन्टिजेन परीक्षणमा १२२ जनामा गरी ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १९१, भक्तपुरका २६ जना र ललितपुरका ७८ गरी उपत्यकामा कुल २९५ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८८८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७६ हजार ८३१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२४३ पुगेको छ ।