पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो संगै नेपालमा डेंगु सक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ११ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ भने बागमतीमा ९ सय ३६, लुम्बिनीमा ७ सय ८०, कोशीमा ६ सय ८१, सुदूरपश्चिममा ५ सय २, कर्णालीमा २ सय ७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण देखिएको छ ।

वर्षातको मौसममा डेंगी रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएकोले लामखुट्टे नियन्त्रण गर्न घर तथा भवन वरपरका पानी जम्ने स्थान र वस्तुहरूको पहिचान गरी, लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँहरू नष्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सोमवार, ३० भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !