शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।

शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले भौगोलिक विकटता, ज्येष्ठ नागरिकहरू आफै स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार घरदैलो खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतका उपचार हुने गरेको छ ।

पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधी वितरण समेत गर्दैआएको छ । वर्षमा चार पटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

गम्भीर समस्या भएको ज्येष्ठ नागरिकलाई थप उपचारका लागि सल्यान जिल्ला अस्पतालसम्म लग्न निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगरपालिकाले जिल्ला अस्पतालमा लगिएका बिरामीको उपचार खर्च समेत व्यहोरिरहेको छ ।

पालिकाका १५ वडामा झन्डै दुई हजार ७० वर्ष माथिका ज्येष्ठ नागरिक छन् । शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले पालिकाभरिका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् र सामान्य उपचारका लागि कष्ट उठाउन नपरोस् भनेर घरमै स्वास्थ्य परीक्षण गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घ रोगको समस्या बढी देखिएकाले खानपानमा विशेष ध्यान दिन आग्रह गरिएको हमालले बताउनुभयो ।

आइतवार, १८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान