Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जना र १ हजार ६४१ एन्टीजेन परीक्षण गर्दा छ जना गरी कुल ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा चार हजार ९१७ सक्रिय संक्रमित छन् भने १९२ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।