७२ औँ विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउने, सम्मान गर्ने तथा रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउन थालिएको हो ।

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ । यो वर्ष “एकजुट हौं, कार्य गरौं र उन्मूलन गरौं’ भन्ने नारासहित विश्वभर मनाइँदैछ। माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनी २ देखि ३ हजारका हाराहारीमा बिरामी फेला पर्ने गरेका छन् ।

नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ। कुष्ठरोग उन्मूलन गर्न सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्ति लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेकोमा विश्वस्वास्थ्य संगठनको जोड छ। निदान, नवीन उपचार र पहुँचमा निरन्तर लगानी आवश्यक रहेको संगठनले बताएको छ।

आइतवार, १३ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान