काठमाडौँको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु गरिएको छ । वीर अस्प्तालमा जलन उपचार केन्द्रको स्थापना गरि जलनका विरामीको उपचार सेवा सुरु गरिएको हो ।

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका छन् ।

जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

केन्द्रको शुभारम्भपछि अस्पतालको अन्य सेवाको निरिक्षण समेत गर्नुभएका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए । उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए ।

उहाले सवै टिकटहरुलाई अनलाईन प्रणालीमार्फत लैजान निर्देशन दिए । २०७२ को विनासकारी भूकम्पका कारण अस्पतालबाट जलनका विरामीको उपचार सेवा बन्द भएको थियो ।

शुक्रबार, २८ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान