सन् २०२४ को जनवरीयता अगष्ट अन्तिमसम्म डेंगी संक्रमितको संख्या ६३ सय नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार अगष्ट ३० सम्म ६ हजार ३४७ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये तीन हजार ७३० जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको भन्दा उच्च हो । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीमा ६४५, चितवनमा ५८७, पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११, गोरखामा २४५, झापामा १६३ र मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पमा १०१ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

आइतवार, १६ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !