नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यसवर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ । एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ, असोज र कात्तिकसम्म रहने देखिन्छ ।

‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यसवर्ष भर्खरै मनसुन सक्रिय भएको छ । अबका दिनमा डेंगुका बिरामी बढ्छन्’, डा. दाहालले भने ‘अघिल्ला वर्षका तथ्यांकलाई हेर्दा कात्तिकसम्म जोखिम रहने देखिन्छ ।’

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामका लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।

त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

सन् २०२० मा धरानमा फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।

सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन् । अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ’, डा. दाहालले भने ।

विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेको वृद्धि, विकास हुने ठाउँ फालिएका टायर, फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ ।

बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउने, घरका झ्याल, ढोकामा जाली हाल्ने, सुत्दा झुल हाल्ने जस्ता सचेतता अपनाउनुपर्छ ।

आइतवार, ३० असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान