सन् २०२४ का पाँच महिनामा ६८ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन २ सम्म ६८ जिल्लामा डेंगी पुष्टी भई एक हजार ४८ जनामा संक्रमण देखिएको जनाएको छ ।

ईडीसीडीका अनुसार, काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ, सिरहा र सर्लाहीमा भने यो वर्ष हालसम्म डेंगी नदेखिएको ईडीसीडीले जनाएको छ ।

सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेंगी पुष्टी भएको थियो । डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

मङ्लबार, २२ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान