Trending
रेडियो नेपालबाट मिर्गौला बचाउ अभियान रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मिर्गौला रोग र त्यसबाट बच्ने उपायहरूका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले मिर्गौला बचाउ अभियान बनस्थलि काठमाडौँको समन्वय तथा सहयोगमा रेडियो नेपालबाट यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
रेडियो नेपालबाट मिर्गौला बचाउ अभियान कार्यक्रम अब हरेक शुक्रबार राति ९ः०० बजेको समाचारपछि ९ः२० बजेदेखि ९ः३५ बजेसम्म प्रसारण हुनेछ ।
सो कार्यक्रम सञ्चालन सम्बन्धमा आज रेडियो नेपाल र मिर्गौला बचाउ अभियान बनस्थली काठमाडौँबीच सम्झौता भएको छ । सम्झौतामा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र मिर्गौला बचाउ अभियानका तर्फबाट अभियानका संयोजक डा.ऋषिकुमार काफ्लेले हस्ताक्षर गर्नुभएको छ ।
यस कार्यक्रमबाट दुरदराजमा रहेका जनतालाई समेत मिर्गौला रोग र त्यसबाट बच्न अपनाउनुपर्ने आनीबानीका सम्बन्धमा जानकारी प्राप्त हुने र स्वस्थ समाजको निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।