जीतपुरसिमरा उपमहानगरपालिका ३ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । बजनीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा मधुमेह, रक्तचाप, आँखा, नाक, कान, घाँटी, छाला लगायत विभिन्न स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण गरिएको थियो । उपमहानगरपालिका र नेपाल आँखा अस्पताल औराहका चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा उपमहानगरपालिकाका डा. दीपक गिरी, डा. प्रशान्त वर्णवालसहित नर्स र अन्य स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए भने आँखा अस्पतालका चिकित्सकले आँखाको जाँच गरेका थिए । शिविरमा स्थानीयलाई निःशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले असार मसान्तसम्म प्रत्येक महिनाको दुई पटक शिविरको आयोजना गरिने बताउनुभयो । वडाध्यक्ष कार्कीले आगामी दिनमा वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागि घरमै स्वास्थ्य सेवा प्रदान गर्ने तयारी रहेको समेत बताउनुभयो ।

शनिबार, २७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान