नेपाल–पाकीस्तान फ्रेण्डसिप दिवसको अवसरमा आज नेपाल स्थित पाकीस्तानी दुतावासको आयोजना र नेपाल पाकीस्तान फ्रेण्डसिप एण्ड कल्चरल एशोसिएशनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजा गरीएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकास्थित भविश्य उज्वल प्राथमिक बिद्यालयमा १७ औ फ्रेण्डसिप दिवसको अवसरमा मेडिकल क्याम्पसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरीएको हो । शिविरको काभ्रे पाँचखाल नगरपालिकाका प्रमुख सूर्यमायाँ दनुवारले उद्घाटन गर्नु भयो । उहाँले स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा शिविरले राहत पुगेको बताउनुभयो ।

पाकीस्तान सरकारबाट नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य, शिक्षा र बालबालिकाको क्षेत्रमा गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । चार्ज डि एफीर्यस(ए.आई.)अमिर अलिले स्वास्थ्य शिविरले दुई देशका जनतको सम्बधलाई चिरस्थायी बनाउने भन्दै शिविर सफलताको शुभकामना दिनु भएको थियो ।

निःशुलक शिविरमा काभ्रेको पाँचखाल नगरपालिकामा ग्रामीण क्षेत्रका महिला, ज्येष्ठ नागरिक र बालबालिकाको उल्लेख्य सहभागिता थियो । शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधि बितरण गरीएको थियो ।

शनिबार, २७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान