अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जेड युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको हो ।

जेन जेड प्रतिनिधिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन् । त्यसलाई आजको छलफलले औपचारिकता दिन लागेको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेन जेड प्रतिनिधिसँग बिहीबार बिहानदेखि छलफल हुने भएको छ । आजको छलफलले निर्णय गर्ने उनको विश्वास छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । जेन जेडको माग अनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेन जेडबाट प्रस्तावित पूर्वप्रधानन्यायधीश कार्कीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरिसकेका छन् ।

यस्तै, नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेन जे युवाका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईँ लगायतसँग पनि छलफल गरेका थिए ।

बिहिबार, २६ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई