नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थितरता कायम गर्न अपिल गरेको छ।

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले एक विज्ञप्ति जारी गर्दै विद्यमान परिस्थितिले केवल राष्ट्रिय राजनीति र समाजमा मात्र नभइ नेपालको आगामी पर्यटन मौसममा पनि गम्भीर असर पर्ने भन्दै वार्ता र सम्वादबाट समाधान खोज्न आग्रह गरेका हुन्।

‘शान्तिपूर्ण वातावरण, स्थायित्व र आतिथ्य भावना नै नेपालको पर्यटनको मेरुदण्ड हो, जसले लाखौँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्दै आएको छ। यस्ता घटनाहरुले अन्तर्राष्ट्रिय समुदायमा असुरक्षा र अस्थिरताको सन्देश प्रवाह गर्नसक्ने हुँदा संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

शुक्रबार, २७ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान