अबदेखि मिर्गौलाका विरामीले ८ लाख बराबरको सरकारी उपचार सेवा सहुलियत पाउने भएका छन्।​ यसका लागि मिर्गौलाका विरामीले स्वास्थ्य बिमा भने अनिवार्य रुपमा गर्नुपर्ने छ। जुन कुरा केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा समेत उल्लेख गरेका छन्।

‘मिर्गौलाका विरामीलाई साढे आठ लाखसम्म स्वास्थ्य सेवामा सहुलियत भनेर पोष्ट गरेका थिए। सुविधा लिनका लागि स्वास्थ्य बीमा भने अनिवार्य हुनुपर्नेछ’‚ प्रधानमन्त्री ओलीले सामाजिक ञ्जालमा लेखेका छन्।‘

यसअघि यस्तै सन्देश स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिएका थिए । स्वास्थ्य बीमा बोर्डले नियमावलीमा भएको आठवटा कडा रोग लागेका व्यक्तिलाई थप एक लाख दिने निर्णय कार्यान्वयन गरेपछि पनि उक्त विषय बताएका थिए।

कसरी पाउँछन् त मिर्गौलाका बिरामीले आठ लाख बराबरको सरकारी सुविधा?

बुझ्नुपर्ने कुरा के छ भने यो रकम भने एकमुस्ठ रुपमा बिरामीले पाउने होइन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सन्चालित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउँदै आएको ‘विपन्न नागरिक उपचार कोष र स्वास्थ्य बिमा कार्यक्रमबाट पाउने हुन्।

मिर्गौला फेल भई प्रत्यारोपण हुने अवस्थासम्म पुग्दा उपचारमा आठ लाखसम्मको उपचार सुविधा पाउने हुन्। त्यो पनि सरकारले सूचीकृत गरेको सरकारी अस्पतालहरुबाट।

हाल सरकारी अस्पतालमा हप्तामा दुईपटक निःशुल्क मिर्गौला डायलासिस सेवा हुनुका साथै विपन्न नागरिक उपचार कोष कार्यक्रमबाट मिर्गौला प्रत्यारोपण लागि चार लाखरु पैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ।

योसँगै छुट्टै प्रत्यारोपण गर्नु पर्ने विरामी र मिर्गौला दान दिने बिरामीको प्रयोगशाला परीक्षणको लागि विपन्न नागरिक उपचार कोष निर्देशिका अनुसार नै ५० हजार रुपैयाँ र प्रत्यारोपण पश्चात खानु पर्ने औषधीका एक बर्षसम्मको लागि एक लाख रुपैयाँ बराबरको निशुल्क उपचार सेवा दिने गरेको छ।

यसका साथै मिर्गौलाको दीर्घ रोग (सीकेडी)का बिरामीलाई एक लाख बराबरको उपचार सेवा समेत दिदै आएको छ।

यस्तै यही साउन एक गते देखी स्वास्थ्य वीमा बोर्डले आठवटा कडा रोग लागेको पुष्टि भएमा बिमितलाई उपचारका लागि थप एक लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय कार्यन्वयनमा ल्याएको छ। आठ वटा कडा रोगमा मिर्गौलाका बिरामी समेत पर्ने हुँदा स्वास्थ्य बिमामा आवद्धता भएका मिर्गौलाका बिरामीले बिमा सुबिधाको एक लाख र थप एक लाख गरी दुई लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउन थालेको

‘स्वास्थ्य वीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए। ‘ हामीले मिर्गौला,क्यान्सर जस्ता आठ प्रकारका कडा रोगमा बिमितहरुलाई उक्त रोग लागेर उपचार गराइरहेको पुस्टि भएमा थप एक लाख सुविधा दिने निर्णय कार्यान्यवनमा ल्याएका हौँ, यो सुविधा भने विमाको उपचार सेवा दिन सुचिकृत भएका अस्पतालहरुबाट मात्रै पाइने छ’।

यसरी विपन्न नागरिक उपचार कोष र स्वास्थ्य बिमाबाट दिने सबै प्रकारको उपचार सहुलियत जोड्दा अब मिर्गौलाका बिरामीले आठ लाखभन्दा बढीको उपचार सुविधा पाउने भएका हुन। यसको अलवा सरकारले मिर्गौला,क्यान्सर जस्ता रोगका बिरामीहरुलाई दैनिक निर्वाह गर्नको आजीवन मासिक पाँच हजार भत्ता समेत दिदै आएको छ। यो रकम सरकारले स्थानीय तह मार्फत आवजिव विरामीको खातामा दिने गरेको छ।

यी अस्पतालबाट पाइन्छ सुविधा

विपन्न नागरिक उपचार कोष अन्तर्गतको सबै सुविधा स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दिदै आएको छ।

जसको लागि उक्त महाशाखाले हाल मिर्गौलाको विरामीका लागि वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, सुमेरु अस्पताल, भक्तपुर स्थित सहिद धर्मभक्त प्रत्यारोपढ केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान यसका लागि सूचीकृत अस्पतालहरु हुन् ।

सूचीकृत अस्पतालमा मिर्गौलाको उपचार तथा प्रत्यारोपण गरेका बिरामीले उपचारमा सहुलियत पाउँछन भने अस्पतालले बिरामीलाई उपचार गराएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक उपचार कोष अन्तर्गत उक्त खर्चको आधारमा अस्पताललाई शोधभर्ना दिदै आएको छ।

आइतवार, ११ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !