कर्णालीका हिमाली जिल्लाहरु औलोको उच्च जोखिममा रहेका छन्। कर्णालीका दश जिल्लामध्ये हिमाली जिल्ला हुम्ला औलो रोगको उच्च जोखिममा रहेको छ।

त्यस्तै कालीकोट, दैलेख र सुर्खेत पनि औलोको जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले जानकारी दिए।

हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएकोले हुम्ला जिल्ला उच्च जोखिममा रहेको उनले बताए। चालू आर्थिक वर्षमा कर्णालीमा ३८ जना औलोको बिरामी पत्ता लागेको र हुम्लामा भेटिएका एकजना बाहेक अरु आयातित बिरामी भएको आचार्यले बताए।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा १ जना औलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए। ३७ जनामा आयातित औलो रोग देखिएको छ भने एकजना स्थानीय औलोका बिरामी रहेका छन्।

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी रहेको आचार्यले बताए।

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सातवटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिए।

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नंं २, ३ र ४ रहेको छन्। न्युन जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं। २, गुर्भाकोट नगरपालिका वडा नं। ८, मुगु खत्याड गाउँपालिका वडा नंं। ८, सोरु गाउँपालिका वडा नंं। ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं।३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए।

शनिबार, १३ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !