कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।

छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिडिन् । माछापुच्छ्रे माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउन अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एकमाया आचार्यले छात्रालाई सम्झाइ राखेकी थिइन्, ‘खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।’

यो खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशतले रोक्ने स्वास्थ्यकर्मी आचार्यले छात्रालाई भन्दै थिइन् । यो खोप १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई देशैभरी लगाउनेकार्य भइरहेको छ ।

माछापुच्छ्रे माविकै कक्षा ८ मा अध्ययनरत छात्रा इन्द्रा न्यौपानेलाई पनि सजिनाजस्तै खोप लगाउनु अगाडि डर थियो तर लगाएपछि डर हट्यो, खोपको अनुगमन गर्न त्यहाँ पुगेका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले छात्रालाई भन्दै थिए, ‘खोप ढुक्क भएर लगाउनु यसले कुनै असर गर्दैन, खोप गुणस्तरीय पनि छ ।’

नेपालमा धेरै महिला पठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ, विकसित राष्ट्रमा १०औं वर्षदेखि यो खोप नियमित लगाउने गरेका छन्। नेपालमा पनि यस वर्षदेखि सुरु भएको छ । रासस

शनिबार, २६ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान