डडेल्धुरामा ७ हजार ५सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार यही माघ २२ गते देखि फागुन ६ गते सम्म किशोरीहरूलाई एचपिभी खोप लगाउने भएको हो ।

कार्यालयका प्रमुख केशर साउँदले कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा खोप केन्द्र बनाई उक्त खोप लगाइने बताउनु भयो । १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरू विद्यालय नजाने भएमा नजिकैको स्वास्थ्य संस्था मार्फत पनि खोप दिइने प्रमुख साउँदले जानकारी दिनु भयो ।

डडेल्धुरामा गत वर्ष ३सय ७५ जनालाई उक्त खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ देखि एचपिभी खोपलाई नियमित सेवामा समावेश गरेको छ ।

नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण हुने मृत्युमा पहिलो कारणका रुपमा रहेको छ ।

आइतवार, ६ माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !