file photo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् ।

सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’

उनले अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुट्याइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने ।

मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्नेब ताए ।

‘बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ’ उनले भने, ‘अनुसन्धानको कुरामा पनि स्रोत कुरा हो, अनुसन्धानको क्षेत्रमा पनि काम गरौं, यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।’

सोमवार, २२ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !