काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

देशभर डेंगुबाट सङ्क्रमित सङ्ख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । सो सङ्ख्या माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सङ्क्रमितको हो ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ३ हजार ८६३ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा २ हजार ७४ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ९४४ जना, मधेसमा १४० जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५५६ जना, कर्णालीमा ११८ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४६४ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

बिहिबार, २७ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई