file photo

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन्। उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्था अन्त्य गर्दै सबै अस्पतालमा बिमा सुविधा हुनुपर्ने बताए।

त्यसका लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने स्पष्ट पारे। उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको स्वीकारोक्ति छ।

मन्त्री पौडेलले भने‚ ‘अब सरकारी अस्पतालमा मात्रै बिमाको सुविधा लिन पाइने‚ निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। बिमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन। रेगुलेट गर्ने निकाय पनि एउटै‚ कार्यान्वयन गर्ने पनि एउटै। अनि कसरी व्यवस्थित हुन्छ ?’

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई आग्रह गरे। उनले दैनिक के–कति विपन्न नागरिकको उपाचार भयो भन्ने कुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे। उनले विपन्नलाई कसैको सिफारिसभन्दा पनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए।

शुक्रबार, २१ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !