file photo

काठमाडौँ महानगरपालिकाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकको बिहान ७ बजेदेखि ९ बजेसम्म निजामती कर्मचारी अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको हो ।

महानगरपालिकाले सबै वडा कार्यालयलाई परिपत्र गर्दै आ–आफ्नो वडावासी ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन भनेको छ । ‘चालु आ.व २०८०/८१ को ‘ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने’ कार्यक्रम अन्तर्गत मिति २०८०/ १२/२७ गते काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच सम्झौता भइसकेको हुँदा ज्येष्ठ नागरिक प्याकेजमा निःशुल्क स्वास्थ्य जाँच गर्न आ–आफ्ना वडावासी ज्येष्ठ नागरिकहरूलाई पठाइदिनु हुन अनुरोध गर्दछु,’ सामाजिक विकास विभागका निमित्त विभागीय प्रमुख विमला कोइरालाद्वारा जारी परिपत्रमा उल्लेख छ ।

सोमवार, १० बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान